Visit to Gurkha Museum” Peninsula Barracks, Winchester & Greys Farm, Wokingham.

-Mrs Bimla Kumari Rai

Educational Visit to The Gurkha Museum, Winchester and Greys Farm, Wokingham

Organised by Gorkha Nepalese Welfare Society UK
Date: 10 July 2024 (Wednesday)

The Gurkha Nepalese Welfare Society UK successfully conducted an educational trip for its senior members to The Gurkha Museum, Peninsula Barracks, Winchester and Greys Farm, Wokingham. The visit, coordinated by Senior Vice-President Mrs. Bishnu Kumari Gurung and General Secretary Mrs. Bimla Kumari Rai, with overall management by Trustee and Advisor Retd. Lieutenant Mr. Tham Prasad Gurung, took place in a warm and friendly atmosphere.

The group (Senior Citizens Members) departed from Northolt Bus Station at 9:25 am and reached The Gurkha Museum after about 1 hour 45 minutes. Members explored the rich history of the Gurkhas, including traditional Nepali culture, historic artefacts, uniforms, weapons, and detailed displays of major battles from 1814 onwards. The museum’s section on Victoria Cross recipients was particularly inspiring, showcasing the bravery and contributions of Gurkha soldiers.

After lunch and group photographs, the group travelled to Greys Farm. Senior members enjoyed exploring the farm, picking and purchasing organic fruits and vegetables, and capturing memorable photos.

The return journey was filled with singing and cheerful conversations, making the day even more enjoyable. Upon arrival, Society President Mr. Ganja Bahadur Ale thanked all senior members, trustees, committee members, and advisors for their participation and support. Special thanks were extended to Retd. Lt. Tham Prasad Gurung for selecting such meaningful destinations, and to Senior Vice-President Mrs. Bishnu Kumari Gurung for managing transportation and meals.

The Society looks forward to organising more educational and memorable trips for senior members in the future.

Thank you

गोरखा नेप्लिज वेल्फेयर सोसाइटी, युकेको आयोजनामा Gurkha Museum” Peninsula Barracks, Winchester र Greys Farm, Wokingham. मा संस्थामा आबद्ध ज्येष्ठ नागरिक सदस्यज्युहरुको शैक्षिक भ्रमण सौहार्दपुर्ण वातावारनामा भव्यताका साथ् सफल भएको थियो ।

मिति १० जुलाई २०२४ बुधबारको दिन बिहानै ८ बजे देखि नर्थहल्टको ट्युब स्टेशन नजिकैको १२० र ९० बस स्टेण्डमा गोरखा नेप्लिज वेल्फेयर सोसाइटी, युकेका कार्य समिति लगायत ज्येष्ठ नागरिक सदस्यहरुको उपस्थिति देखिन थाले। सबैको अनुहारमा एक प्रकारको चमक, नया उत्साहका साथ ओठमा मधुरो मुस्कानहरु पनि देखिन्थ्यो भने सबै ज्येष्ठ नागरिक सदस्यज्युहरु आफ्नो साथीहरु आइपुग्यो कि होइन भन्दै यताउता हेर्दै एकार्कामा भलाकुसारी गर्नमा मग्न देखिन्थे। सम्पुर्ण ज्येष्ठ नागरिक सदस्यज्युहरु एकदमै राम्रा अनि मनमोहक पोशाकमा देखिन्थे मानौ सबैजना आनन्दको अनुभूत गर्न चाहन्थे।

यसरी नै बिहानको लगभग ९ बजिसकेको थियो , घुम्न जानुहुने सबै सदस्यहरु उपस्थित भइसकेको थियो तथा सबैजना बसको प्रतिक्षामा थिए। यतिकैमा यस प्रौढ शैक्षिक भ्रमणका संयोजक संस्थाकी वरिष्ठ उपाध्यक्ष श्रीमती बिष्णु कुमारी गुरुङ्गज्यु र सहसंयोजक महासचिव श्रीमती बिमला कुमारी राईज्युले भ्रमणमा जानेहरुको हाजिरा लिनुभयो।

संस्थाका ज्येष्ठ नागरिक सदस्यज्युहरुको लागि प्रौढ शैक्षिक भ्रमणमा प्रमुख व्यस्थापकको जिम्मेवारी यसै संस्थाका ट्रष्टी सदस्य तथा सल्लाहकार रिटायर्ड लेफ्टिनेन्ट श्री थाम प्रसाद गुरुङज्युलाई दिइएको हुनाले उहाले गोर्खा म्युजियम वेन्चेस्टर तथा वकिङ्गहमको ग्रेज फार्ममा व्यवस्था मिलाउनु भएको थियो।

बिहानको लगभग ०९:०५ बजिसकेको थियो भने भ्रमणमा जानेहरु पनि सबैजना उपस्थित भइसक्नु भएको थियो। भ्रमणको लागि बुक गारीएको यातायात बस उक्त स्थानमा आइपुग्न झन्डै दस मिनेट्स जति बाकि थियो, यही समयलाई सदुपयोग गर्दै संस्थाका अध्यक्ष श्री गंज बहादुर आलेज्युले प्रौढ शैक्षिक भ्रमणमा जानु लागेको स्थानहरु क्रमशै: गोर्खा म्युजियम तथा ग्रेज फार्मको बारेमा संक्षिप्त जानकारी दिनु भयो। यसको लगतै संस्थाका ट्रस्टी सदस्य तथा सल्लाहकार रिटायर्ड लेफ्टिनेन्ट श्री थाम प्रसाद गुरुङज्युले उपस्थित सबैजनाई घुम्नु जादा भनौ शैक्षिक भ्रमणमा जादा केके रुल्स अनि रेगुलेशन तथा हेल्थ एन्ड सेफ्टीहरु अपनाउनु पर्छ त्यसको बारेमा जानकारी दिनु भयो जसलाई सबैजनाले शुरु देखि अन्त्य सम्म पालना गरेको अनुभूत भयो।

तोकिएको समयमानै यातायात बसको पनि आगमन भयो। सबैजना पंक्तिबद्ध भएर पालैपालो बस भित्र पसेर आ आफ्नो स्थानमा बसे। एकछिन पछि बिहानको लगभग ०९:२५ बजेतिर बस संगै सबै यात्रीहरुले आफ्नो गन्तब्य तिर प्रस्थान गरे। त्यसपछि बस ड्राइभरले सडकको नियमको पालना गर्दै सवारी हाकी रहेको थियो भने बस भित्रको माहौल एकदमै रमाइलो देकिन्थ्यो। यसो निहालेर हेर्दा कोही एक आपसमा गफ गर्नमा मग्न थियो, कोही बसको झ्याल बाहिर बाटोको मनमोहक दृश्यहरु हेर्दै आन्नन्द लिइरहेको थियो भने कोही ज्येष्ठ नागरिक सदस्यज्युहरुसंग भ्रमणको बारेमा मिठा मिठा प्रस्नहरु गर्दै लाइभ भिडिओ खिच्दै अन्तर्वार्ता लिदै थिए।यसरी नै रमाइलो गर्दै झन्डै दुई घन्टाको यात्राको समाप्ति पछि हामी Gurkha Museum” Peninsula Barracks, Winchester पुगी सकेको पनि थाहा नै भएन। सबैजना नीति नियमको पालना गर्दै ज्येष्ठ नागरिक सदस्यज्युहरुलाई डोहोराउदै गोर्खा म्युजियमको मुख्य द्वारमा पुगियो।मुख्य धोकाको माथि एउटा बोर्ड राखिएको थियो जसमा हामी नेपालीहरु जसलाई विश्वलेनै गोर्खा भनेर चिनेका छन् त्यही गोर्खाहरुको पहिचान हाम्रो देशको हथियार जुन विश्वको कुनै देश संग पनि मिल्दैन, त्यो हो खुकुरी। दुईवटा खुकुरीलाई एकआपसमा क्रस गरेर राखेको फोटो अनि त्यसको मुनि ‘द गोर्खा म्युजियम’ बनेर लेखिएको थियो।

गोर्खा म्युजियम भित्र छिर्न अघि संस्थाका अध्यक्ष श्री गंज बहादुर आलेज्युले गोर्खा म्युजियम कार्यरत सदस्यज्युहरु संग म्युजियम भित्रको नीति नियमहरुको बारेमा सोधपूछ गरेर जानकारी दिनुभयो भने संस्थाका ट्रस्टी सदस्य तथा सल्लाहकार रिटायर्ड लेफ्टिनेन्ट श्री थाम प्रसाद गुरुङज्युले गोर्खा म्युजियम किन र कहिले बनाइएको हो भनेर उपस्थित सबैजनालाई जानकारी दिनुभयो।

त्यसपछि सबैजना नियमबद्ध गोर्खा म्युजियम भित्र पसेर त्याहाका दृश्यहरु अवलोकन गर्न थाले। भित्तै भरी सजाएर राखिएको तस्वीरहरु हेर्दा यस्तो आभास हुन्थ्यो कि मानौ तस्वीरहरु आफै बोलिरहेछन।

मुख्य द्वार देखि भित्र छिर्ने बित्तिकै सर्वप्रथम ‘द गुर्खाज एण्ड हिज होमलेण्ड’ भनेर लेखिएको थियो।अघि बढ्दै जादा हाम्रो पुर्खाहरुको पाला देखिको हाम्रो देशको भौगोलिक स्थिति जस्तै हिमाल, पहाड अनि तराइ सबै प्रदेशको रहन-सहन, संस्कार संस्कृतिहरु झल्काउने हाम्रो पहिरन पोशाकहरु, गरगहनाहरु, दैनिकी जीवनमा उपयोग गर्ने हाम्रा भान्साका सामानहरु, भान्सा भित्र वा भान्सा बाहिर चलाउने हाम्रा विभिन्न हात हथियारहरु, कृषिका सामानहरु, हाम्रो देशको अत्यनै प्राचिन वस्तुहरुका साथै हाम्रो देशको करेंसी भनौ पैसाहरु पनि सबै अति सुरक्षितका साथ सजाएर राखिएको थियो। यी सबै दृश्यहरु हेर्दा यस्तो लाग्थ्यो सबै जीवन्त छन् अनि त्यो समयमा हाम्रो पुर्खाहरुले हामीहरुलाई यहा सम्म पुर्याउन धेरै मिहिनेत गर्नु भएको रहेछ।

यसरीनै केही अघि जादा बोर्डमा ‘द नेपाल वार १८१४-१८१६’ लेखिएको देखियो। हाम्रा गोर्खाज हरु सन् १८१४ देखि युद्धमा समावेश भएको देखिन्छ। कुनकुन वर्ष देखि कति वर्ष सम्म कुनकुन देशमा युद्धमा जानु भएको सबै त्याहा देख्न पाईयो जुन यस प्रकार छन् जस्तै:-

  1. The Nepal War 1814-1816 Malu
  2. The Early Years 1816-1856
  3. The Indian Mutiny 1857-1859
  4. The North West Frontier 1839-1947
  5. Pomp and Ceremony 1875-1947
  6. Small Wars 1875-1904
  7. The North East Frontier and Burma 1824-1939
  8. The First World War 1914-1918
  9. The Second World War 1939-1947
  10. The Partition of British India and Independence 1947
  11. Post War Operations 1945-1947
  12. Malaya 1948-1960
  13. Brunei December 1962
  14. Confrontation in Borneo and the Malay Peninsula 1963-1966
  15. The Falkland Island 1982 यसरी विभिन्न देशहरुमा युद्धको बेलामा हाम्रा गोर्खाजहरु सहभागी भएको रहेछ भन्ने जानकारीहरु गोर्खा म्युजियममा हेर्न पाइयो। यसका साथै युद्धको बेला कसरी तालिम दिइन्थ्यो, कस्तो पोशाकहरु लगाउनु पर्दथ्यो अनि कसरी खाने कुराहरु पकाएर खान्थे र जंगलमा कसरी बस्नु पर्दथ्यो भन्ने सबै तस्वीरका साथै डेमो पनि बनाएर राखेको हुनाले यस्तो लाग्थ्यो कि मानौ हामीले साक्षात् हेरी रहेका छौ। युद्धका धेरै कुराहरुको जानकारी पाउनुका साथै युद्धमा सफलता पाउनुका साथै पाएका मेडलहरु पनि देख्न पाइयो। अन्तिममा सबै भन्दा महत्वपुर्ण भिक्टोरिया क्रस पाउनुहुने सम्पुर्णको नामावलीका साथै उहाहरुको नाम,दर्जा कुन साल र कुन देशमा अनि कुन युद्धको लागि हो भनेर विस्तृत जानकारीहरु पनि राखिएको रहेछ। यसका साथै अझ राम्रो संग बुझ्नु चाहनु हुन्छा भने त्याहा स्क्रिन टच कम्प्युटरको पनि व्यवस्था रहेछ।भिक्टोरिया क्रस पाउनुहुनेहरुमा हाम्रा गोर्खाजहरु पनि छन् जुन हाम्रो लागि सर्वमान्य हो।

The Victoria Cross

  1. Gurkha Victoria Cross Recipients -26 जनाले
  2. Gurkha George Cross Recipients- 1 जनाले
  3. Gurkha Indian Order of Merit Fourth Award Recipients- 1 जनाले

गोर्खा म्युजियमको भिजिट सकेपछि सबैजना पार्कमा बसेर ग्रुप फोटोहरु लिनको लागि उत्सुक देखियो। यसपछि सबैजनाले केही खानेकुराहरु लिन्छन जसको व्यवस्था संस्थाले नै गरिएको थियो। खानपिन र एकछिन बिसाएर सबैजना प्रौढ शैक्षिक भ्रमणको दोश्रो गन्तब्य वकिङ्गहमको ग्रेज फार्म जाने तयारीमा लागेको देखिन्छ। दिउसोको लगभग १३:५५ मा बसले हामी सबैजनालाई लिएर अर्को गन्तब्य तिर हिड्यो। सबैको अनुहारमा फार्म हेर्ने तथा अर्गानिक सब्जीहरु किन्ने उत्सुकता देखिन्थ्यो। झन्डै डेढ घन्टाको यात्रा पछि गरेज फार्म पुग्न सफल भइयो। ग्रेज फार्म पुगेर सबैजना फार्मको साइनबोर्ड हेर्द, घुम्दै आफुले मन परेको सब्जीहरु र फलहरु झोलामा बोक्न थाले।अर्गानिक सब्जीहरु लिन पाउदा सबैको अनुहार खुशीले धप्पक बलेको देखिन्थ्यो। सबैजना आ आफ्नो मोबाइल बाट भिडिओ र फोटोहरु पनि खिच्दै थिए।

ज्येष्ठ नागरिक सदस्यज्युहरु पनि रमाउदै फार्मको आनन्द लिइरहेको देखिन्थे। कोही सदयाज्युहरु त आज मेरो साथी, मेरो आफन्ता आउनु भियाउनु भएन भन्दै उनीहरुको लागि पनि बोक्न सकी नसकी अर्गानिक सब्जीहरु किनेर लानु हुदै थियो।

ग्रेज फार्मको घुमाई र किनमेल गरिसके पछि सबैजना घर फर्कने तयारीमा बस बितर पस्न थाले। बेलुकीको लगभग ५:२५ बजे तिर हाम्रो तेश्रो गन्तब्यको यात्रा घर फर्कनलाई शुरु भयो। बस भित्र पनि सबैजना मिठो मिठो गफ गरीरहेको थियो। एकछिन पछि सबैजना रमाउदै गीतहरु गाउँदै रमाइलो गर्न थाले, यति रमाइलो भयो कि हामी आफ्नो अन्तिम गन्तब्य आइपुगेको पनि पत्तो नै भएन।
सबैजना पालैपालो बस देखि ओर्लन थाले। दिनभरीको यात्राले पनि कसैको अनुहारमा थकानको महशुस भएको देखिन्दैन थियो।

बेलुकीको ७ बजिसकेछ, सबैजना आ आफ्नो सामानहरु छुट्टयादै घर फर्कन हतार गरेको देखिन्थ्यो। सबैजना घर जान तयार भइसकेपछि संस्थाका अध्यक्ष श्री गंज बहादुर आलेज्युले सम्पुर्ण ज्येष्ठ नागरिक सदस्यज्युहरु, ट्रस्टि सदस्यज्युहरु, कार्य समितिका पदाधिकारीज्युहरु, सदस्यज्युहरु तथा सल्लाहकारज्युहरु सबैजनालाई गोर्खा नेप्लिज वेलफेयर सोसाइटी, युकेले आयोजना गरेको आजको यस प्रौढ शैक्षिक भ्रमणमा सहभागी हुनु भइ भ्रमणको कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सफल बनाइदिनु भएकोमा सबैलाई धन्यवाद दिनुभयो। यसैगरी प्रौढ शैक्षिक भ्रमणको लागि यस सन्स्थाका ज्येष्ठ नागरिक सदस्यज्युहरु लागायत सम्पुर्ण गोर्खाज परिवारहरुले एक पल्ट जानै पर्ने ठाउ गोर्खा म्युजियमको उचित चयन गर्नुहुने यस संस्थाका ट्रस्टी सदस्य तथा सल्लाहकार रिटायर्ड लेफ्टिनेन्ट श्री थाम प्रसाद गुरुङज्युलाई पनि धन्यवाद दिनु भयो। यसैगरी यातायात तथा खानपीनको पनि व्यवस्था मिलाउनु हुने यस भ्रमणका संयोजक संस्थाकी वरिष्ठ उपाध्यक्ष श्रीमती बिष्णु कुमारी गुरुङज्युलाई पनि धन्यवाद दिनुभयो।

आगामी दिनहरुमा पनि संस्थाका ज्येष्ठ नागरिकहरु संग यस्तै रमाइलो गर्दै अझ रमणीय तथा ऎतिहासिक स्थानहरुमा शैक्षिक भ्रमणमा जाने सुअवसरहरु गोर्खा नेप्लिज वेल्फेयर सोसाइटी, युकेले जगेर्ना गर्न सकोस भन्दै मा पनि आफ्नो घरको बाटो लागे।

धन्यवाद

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*