-बिमला कुमारी राई
गत मिति १३ मार्च २०२५ शनिवारको दिन यसै गोरखा नेपलिज वेलफेयर सोसाइटी, युकेको तेर्हौ साधारण सभा संस्थाका सभापति श्री गन्ज बहादुर आलेज्युको सभापतित्वमा तथा प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार श्री नर बहादुर गुरुङ्गज्युको प्रमुख आतिथ्यमा नर्थहल्ट स्थित नर्थहल्ट भिलेज कम्युनिटी सेन्टरको सभाहलमा दिउसोको २ बजे देखि बजे देखि बेलुकी ८ बजे सम्म सौहार्दपुर्ण वातावरणमा सु-सम्पन्न भएको थियो ।
तेर्हौ बार्षिक साधारण सभा कार्यक्रमको शुरुवातमा संस्थाकी सास्कृतिक सहसचिव श्री निर भगवती राईज्युले उपस्थित सबैजनालाई सम्बोधन गर्दै हेल्थ एण्ड सेफ्टिको बारेमा जानकारी दिनु भयो।

यसका साथै संस्थाकी महासचिव श्री बिमला कुमारी राईज्युले कार्यक्रम संचालन गर्नु भयो। अतिथिहरुको आसन ग्रहण पछि सस्थाकी वरिष्ठ उपाध्यक्ष्य श्री बिष्णु कुमारी गुरुङज्युले उपस्थित सबैलाई मन्तब्यबाट स्वागत गर्नु भयो। यसका साथै तेर्हौ बार्षिक साधारण सभाका सभापति श्री गन्ज बहादुर आलेज्यु तथा प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार श्री नर बहादुर गुरुङ्गज्युले पानसमा बत्ति बाल्नु भइ कार्यक्रम उदघाटन गर्नु भयो।

सभामा उपस्थित सबैजनाले संस्थाका सदस्यहरु तथा आफन्त जनहरु गुमाएकोमा उहाहरुको दिग्वंत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रधान्जली दिदै एक मिनेट मौन धारण गरिएको थियो।
यसका साथै कार्यक्रमको पहिलो शेशनमा संस्थाकी महासचिव श्री बिमला कुमारी राईज्युले वार्षिक साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रगति बिबरण कोषाध्यक्ष ज्युको अनुपस्थितिमा सभापति श्री गन्ज बहादुर आलेज्युले प्रस्तुत गर्नु भएको थियो किनभने संस्थाका कोषाध्यक्ष श्री गणेश आलेज्यु महत्वपुर्ण काम विशेषले आफ्नो देश नेपाल जानु भएकोले उहाले नेपाल बाटनै आर्थिक प्रगति बिबरण तयार गरेर सभापतिज्युलाई पठाउनु भएको थियो जसलाई सभामा उपस्थित सबैजनाले अनुमोदन गरि पारित गरिएको थियो ।

यसका साथै सभाका सभापति श्री गन्ज बहादुर आलेज्युले गोर्खा नेपलिज वेलफेयर सोसाइटी, युके एउटा कल्याणकारी संस्था भएकोले यस संस्थामा आबद्ध ज्येष्ठ नागरिक सदस्यहरुको लागि बेलायतले नेशनल लोट्री च्यारिटी कम्युनिटि फण्डको व्यवस्था गरेको हुदा गएको बर्ष १३ अप्रिल २०२४ शनिवारको दिन यस संस्थाले आयोजना गरेको नेपाली नया वर्ष २०८१ सालको उपल्यक्षमा संस्थाका अध्यक्ष श्री गन्ज बहादुर आलेज्युको अध्यक्षतामा नेशनल लोट्री च्यारिटी कम्युनिटि फण्डको उदघाटन धुमधामका साथ् सौहार्दपुर्ण वातावरणमा सुसम्पन्न भएको जानकारी दिनु भएको थियो।यसका साथै नेशनल च्यारिटी कम्युनिटि फण्डको उदघाटन पछि उपस्थित सबैजनालाई नेशनल च्यारिटी कम्युनिटी फण्डको बारेमा जानकारी दिनु का साथै यो कार्यक्रम प्रत्येक हप्ताहको बुधबारको दिन भइरहेको पनि जानकारी दिनु भयो तथा यो भित्र निम्नलिखित कोर्षहरु पर्दछन भनेर पनि संक्षिप्त रुपमा भन्नु भयो जस्तै:-
a. Practical English language sessions
d. IT Skills Sessions
c. Health & Safety Awareness Workshop
d. Educational & Recreational Excursion – A single day trip to historic locations across the UK
e. Cultural & Dance Sessions
यी माथि दिइएको सबै कोर्षहरु समयानुकुल क्रमशै संचालन भइरहेको र अहिले सम्म ३३ औ हप्ताह कक्षा संचालन भइ सकेको जानकारी दिनु भयो तथा यी माथिका कोर्षहरु मध्ये धेरै कोर्षहरु सकिसकेको र मात्र दुईवटा कोर्षहरु जस्तै प्रौढ शिक्षा र आइ टी शेशनको कोर्षहरु केही हप्ताह सम्म संचालन हुने पनि जानकारी सभापतिज्यूले दिनु भयो।
यसका साथै सभाका सभापति ज्युले ईच्छुक ज्येष्ठ नागरिक सदस्यज्युहरुलाई प्रौढ शिक्षाको तालिम दिनुहुने गुरुआमा श्रीमती अमृता थापाज्यु तथा यसैगरी ईच्छुक ज्येष्ठ नागरिक सदस्यज्युहरुलाई उमेर अनुसारको शारीरिक व्यायाम तथा योगाको तालिम दिनुहुने योगाकी गुरुआमा श्रीमती माणिकला राई गुरुङ्गज्युलाई धन्यवाद दिनु भयो । यसैगरी गत मिति १० जुलाई २०२४ बुधबारको दिन लण्डनको गोर्खा म्युजियम वेन्चेस्टर तथा वकिङ्गहमको ग्रेज फार्ममा संस्थामा आबद्ध ज्येष्ठ नागरिक सदस्यज्युहरुको शैक्षिक भ्रमणको व्यवस्था गर्नु हुने संस्थाका ट्रष्टी सदस्य तथा सल्लाहकार रिटायर्ड लेफ्टिनेण्ट श्री थाम प्रसाद गुरुङज्युलाई पनि धन्यवाद दिनु भयो। यसै गरी नेशनल लोट्री च्यारिटी कम्युनिटी फण्डको कोर्षको लागि तालिम दिनुहुने र तालिम लिनुहुनेहरुलाई सहयोग तथा मद्दत गर्नु हुने सम्पुर्ण भोलेण्टरि सदस्यज्युहरुलाई धन्यवाद दिनु भयो।

त्यसैगरी तेर्हौ बार्षिक साधारण सभाका प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार श्री नर बहादुर गुरुङ्गज्युले यस संस्थाले ज्येष्ठ नागरिक सदस्यज्युहरुको लागि हर समय दु:खसुख तथा आपत विपतमा हरदम सरसहयोग गरिरहेकोमा धेरै धेरै धन्यबाद दिदै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।
अन्त्यमा, सभाका सभापति श्री गन्ज बहादुर आलेज्युले संस्थाको बार्हौ बार्षिक साधारण सभादेखि आजसम्मको संस्थाले गरेको कामकाज तथा कार्यक्रमहरुमा साथ सहयोग दिनु हुने सम्पुर्ण सदस्यज्युहरु तथा उहाका परिवारहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै तेर्हौ बार्षिक साधारणको कार्यक्रम समापन गर्नु भएको थियो।
Leave a Reply