Annual Get-Together 2022

यस गोरखा नेपलीज वेलफेयर सोसाइटि युकेले बार्षिक भेटघाट तथा बीबी क्यु कार्यक्रम २०२२ जुन ११ तारिक सनिबारको दिन Northolt Village Community Association नोर्थहल्टमा दिनको ठिक १२ :३० बजे देखि बेलुकी ८:३० बजे सम्म सौहार्द बाताबरणमा कार्यक्रम सु-सम्पन्न भएको थियो ।
यस संस्थाले स्थापना काल देखि नै हरेक बर्ष बार्षिक भेटघाट तथा बीबी क्यु कार्यक्रमको आयोजना गर्दै आइरहेको थियो तर
कोरोना भाइरस (Covid-19) को महामारीले गर्दा २०१९ को बार्षिक भेटघाट तथा बीबी क्यु कार्यक्रम पश्यात यो पहिलो पल्ट भएको बीबी क्यु कार्यक्रम हो।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीमति बिष्णु कुमारी गुरुङ ज्युको हेल्थ एण्ड सेफ्टी तथा स्वागत मन्तब्यबाट शुरुआत भएको कार्यक्रम सचिव श्रीमति नव लक्ष्मी राइ ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका अध्यक्ष्य श्री गन्ज बहादुर आले ज्युले सबै जनालाई धन्यवाद दिदै औपचारिक कार्यक्रमको बिट मार्नु भएको थियो।
संस्थाका आयोजक समितिका सदस्यहरुले नै खानापिन तथा बीबी क्युको व्यवस्था गरेको हुनाले अन्य कार्यक्रमहरु भन्दा अलिक भिन्नै र रमाइलो देखिन्थ्यो। आ-आफ्नो साथि भाइ, परिवारहरुले आ-आफैले बीबी क्यु पकाएर खानाले पुरानो हंगकंगको याद दिलाएको सल्लाहकार तथा पूर्व अध्यक्ष श्री नर बहादुर गुरुङ ज्युले स्मरण गराउनु भएको थियो।

 

उक्त कार्यक्रममा मनोरंजन गर्नको लागी नेपालदेखि आएकी भोइस अफ नेपाल सिजन ३ का उपबिजेका गायिका तारा शिरीश मगर ज्युको प्रस्तुति भईरहदा लोकल इनभाइरोमेन्टका अध्यक्ष आएर छरछिमेकीलाई साउण्ड सिस्टमले धेरै हल्ला गर्यो भनेर म्युजिक नै रोक्न बाध्य गराएको अध्यक्ष्य श्री गन्ज बहादुर आले ज्युले जानकारी गराउनु भएको थियो। बेलायतको नियम अनुसार राती ११ बजेबाट होहल्ला गर्न ससक्त मनाही भएको हामी सबै जानकार छौ तर यो आधिकारीक सार्बजनिक क्षेत्र भएकोले हामी मनोरंजन गर्छौ भनेर सदस्यहरुले आग्रह गर्नु भए पछि फेरी बेलुकी सबै जना कम्मर मर्काइ मर्काइ नाचगान गरेर कार्यक्रम अन्त भएको थियो।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*