गोरखा नेपलीज वेलफेयर सोसाइटि युकेको एघारौ बार्षिक साधारण सु-सम्पन्न

यस गोरखा नेपलीज वेलफेयर सोसाइटि युकेको एघारौ बार्षिक साधारण सभा २०२२ मार्च ०५ तारिक सनिबारको दिन Northolt Village Community Association नोर्थहल्टमा दिनको ठिक १३:३० बजे देखि बेलुकी ७ बजे सम्म सौहार्द बाताबरणमा सु-सम्पन्न भएको थियो ।
संस्थाका उपाध्यक्ष्य श्री राजेन्द्र लिम्बुज्युको स्वागत मन्तब्यबाट शुरुआत भएको कार्यक्रम महासचिव श्रीमति बिम्ला कुमारी राइ ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका अध्यक्ष्य श्री गन्ज बहादुर आले ज्युको सभापती र पूर्व अध्यक्ष्य तथा सल्लाहकार श्री कृष्ण बहादुर राइ ज्युको प्रमुख अतिथ्यमा संचालन भएको सभामा संस्थाका सदस्यहरुको परिवार तथा आफन्त जनहरु गुमाएकोले उहाहरुको दिवंगागत आत्माको चिरशान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो ।

बार्षिक प्रगति बिबरण महासचिब श्रीमति बिम्ला कुमारी राइ ज्युले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रगति बिबरण कोषाध्यक्ष श्री मोहन बहादुर राइ ज्युले प्रस्तुत गर्नु भएको थियो । यहाँहरु सबैजनालाई अवगतै छ कि बेलायतमा २०१९ मार्च २३ तारिक देखि लगातार केहि दिन अगाडिसम्म, कोरोना भाइरस (Covid-19) को महामारीले गर्दा लक डाउन यथावतै भईरहेको थियो र अझै पनि सरकारले केहि नियमहरु हल्का गरे पनि आफै सचेत रहनु पर्ने छ। सस्थाका सदस्यहरु,धेरै लामो समयको भेटघाट पछि बिगतका बार्षिक साधारण सभाहरु भन्दा बाक्लो उपस्थिति रहेको उपाध्यक्ष श्रीमति बिष्णु कुमारी गुरुङ ज्युले जानकारी दिनु भएको थियो।उक्त कार्यक्रममा सभाका सभापति तथा प्रमुख अतिथि ज्युहरुले,संस्थामा सदस्यता लिई सदस्य बन्नु हुने नया सदस्यहरु ज्युहरुलाई खादा ओढाएर स्वागत स्वागत सम्मान , नया आजीवन सदस्य ज्युहरुलाइ आजीवन सदस्यको प्रमाण पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो साथै २०२० -२०२२ सम्ममा शैक्षिक सत्रमा ब्याचलर डिग्रिमा उतिर्ण हुने छोराछोरीहरुलाई प्रमाण पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो। शुभ कामना मन्तव्यको क्रममा कोरोना भाइरस (Covid-19) को महामारीको समयमा पनि संस्थाका समितिका सदस्यहरुले ऊल्लेखेनिय कामहरु गरेकोमा सल्लाहकार लेप्टेनेण्ट थाम प्रसाद गुरुङ ज्युले धन्यबाद दिनु भएको थियो भने त्यसै गरि अर्का सल्लाहकार क्याप्टेन रुकुम बहादुर राना ज्युले पनि जेष्ठ नागरिकहरुलाई हरसमयमा सरसहयोग गरिरहेकोमा धेरै धेरै धन्यबाद दिदै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नु भएको थियो। अहिले गोर्खा भुतपुर्ब सैनिकहरुको समस्याबारे यसै महिनामा नै पहिले बैठक बस्न गइरहेको पनि सभाका प्रमुख अतिथि तथा गोर्खा सत्याग्रह संघर्ष समितका

प्रमुख संम्योजक श्री कृष्ण बहादुर राइ ज्युले बताउनु भएको थियो।

अन्तमा, सभाका सभापति श्री गन्ज बहादुर आले ज्युले अझै पनि कोरोना भाइरस (Covid-19) हाम्रै वरिपरि रहेकोले सबै जना सुरक्षित र स्वास्थ्य रहनु होला र भाबी कार्यक्रमहरुमा यसरि नै भेट्ने बाचा गर्दै एघारौ बार्षिक साधारण सभा समापन गर्नु भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*