Supported by HM Government & In Partnership with National Lottery Community Fund.

25 October 2020

-गन्ज आले

बिश्वभरि महामारीको रूपमा फैलिरहेको Covid-19 ले बेलायत बासीलाई पनि अछुतो राखेन । बेलायतमा दिनानुदिन संक्रमण बडीरहेकोले लण्डनको उत्तरपश्चिम ह्यारो, साउथ ह्यारो, नोर्थहल्ट, ग्रिनफोर्ड र रोइस्लीप आसपासमा रहेका जेष्ठ नागरिक सदस्यहरु, लामो समयसम्म अस्वस्थ्य हुनु भएका सदस्यहरू र सेल्फ आइसोलेसनमा रहेका सदस्यहरुलाई गोरखा नेपलीज वेलफेयर सोसाइटी युकेले केही राहत वितरण गरिएको छ।
यस संस्था च्यारिटीमा दर्ता भएकोले संस्थाका जेष्ठ नागरिक सदस्यहरु र लामो समयसम्म अस्वस्थ्य हुनु भएका सदस्यहरूलाइ Coronaviros (Covid-19) Community Support Fund को लागी निवेदन गरे अनुसार HM Government & in Partnership with National Lottery Community Fund ध्दारा Coronaviros (Covid-19) Community Support Fund आएको हुनाले संस्थाका कार्य समितिका सदस्यहरूले आवश्यक खाद्यान्न सामानहरू , मास्क र सेनिटाइजर आदि समानहरुका साथ उहाँहरूको घर घरमा गएर उक्त सामानहरू बितरण गरिएको थियो। साथै, जेष्ठ नागरिक सदस्यहरुको लागि स्थानीय सरकारले निर्धारित गरिएको नियमहरुलाई नेपालीमा अनुवाद गरेर प्रचार बितरण पनि गरिएको थियो।

उक्त कार्यक्रमका संयोजक तथा उपाध्यक्ष श्रीमती विष्णु कुमारी गुरुङ र महासचिव श्रीमती बिमला कुमारी राई ज्युहरुले भन्नु हुन्छ, दशैं तथा तिहारको अवसरमा उहाँहरुलाई शुभ कामना आदान प्रदानको साथमा कोभिड-१९ सपोर्ट राहत बाँड्न पाउदा औधी खुशी लागेको छ।
हुन त युकेमा पहिलो चरणको लकडाउनको समयमा पनि उहाँहरुलाई मास्क, सेनिटाइजर र कसरी सुरक्षित रहने भनेर NHS र सरकारले निर्धारण गरेको नियमहरुलाई नेपालीमा अनुवाद गरेर प्रचा बितरण गरिएको थियो।  केही बर्ष देखि यता, यस क्षेत्रमा गोरखा भुपु परिवारहरुको बस्ती निकै ‌बाक्लीएकोले कतिपय बुबाआमाहरुको  सम्पर्क नहुदा उहाँहरुको घर घरमा गएर सहयोग गर्न असमर्थ भएता पनि सकभर सोधपुछ गरेर सरयोग वितरण गरिरहेको संस्थाका अध्यक्ष श्री गन्ज आले बताउनु हुन्छ।

हुन त यस संस्थाले यहाँ स्थानिय सदस्यहरुलाई मात्र सहयोग गरेको छैन, नेपालमा भइपरीआएका प्रकृतिक प्रकोपमा परेका जस्तै महामारी भुकम्पले बुबाआमा गुमाएका र गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सिन्धुपाल्चोक जिल्लाको ठूलो पाखर गा बि स वार्ड नं १ स्थीत श्री सन्सारी माइ माध्यमिक विद्यालयलाई ५ लाखको अक्षयकोष स्थापना गरीएको छ भने २०७४ साल अगस्त महिनामा अबिरल वर्षाले क्षति भएको सप्तरी जिल्लाको तिलाढी कोइलाडीको मुसाहर वस्तिको निर्माणाधिन आबासको लागि पनि यस संस्थाले आर्थिक सहयोग गरेको थियो।

बिषेश गरी, सहयोग तथा राहत बाँड्ने क्रममा संस्थाका अध्यक्ष श्री गन्ज आले, उपाध्यक्ष ज्युहरु क्रमशः श्रीमती बिष्णु कुमारी गुरुङ र श्री राजेन्द्र लिम्बु, महासचिव श्रीमती बिमला कुमारी राई, सचिव श्रीमती नवलक्ष्मी कुमारी राई, कोषाध्यक्ष श्री मोहन बहादुर राई, सहकोषाध्यक्ष श्रीमती पुष्पा देबी थापा, सल्लाहकार श्री नर बहादुर गुरुङ र सदस्य श्री टंक बहादुर लिम्बु ज्युहरुले भोलिन्टीयर सहयोग गरेका थिए।  बेलायतमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बडीरहेको अवस्थामा संस्थाले यसरी घर घरमा गएर हामी जेष्ठ नागरिक सदस्यहरुलाई सहयोग गर्नु भएकोमा हामीलाई धेरै हौसला, साहस र मनोबल बढाएको संस्थाका बरिष्ठ सल्लाहकार तथा एक्स बृटिस गोर्खा एसोसिएसन ईलिङ्गका अध्यक्ष मेजर रिटायर्ड चन्द्रु राई बताउनु हुन्छ ।

Thank you for HM Government & In Partnership with National Lottery Community Fund.

The Gurkha Nepalese Welfare Society, UK has received Coronavirus Community Support fund amount of £7150. It’s supported by HM Government & In Partnership with National Lottery Community Fund.

The target beneficiary will be the most vulnerable portion of the community like the elderly, self-isolated members and the families who face financial hardship because of this ongoing pandemic. The funding will be mainly used for looking after the members. We used the funds by buying necessary items such as food, face mask, hand sanitiser and medicine. These were delivered to our elderly members and those who were affected by Covid-19. The volunteer community members were Chairman Mr. Ganja Ale, Vice Chair Mrs Bishnu Kumari Gurung, Vice Chair Mr. Rajendra Limbu, General Secretary Mrs Bimla Rai, secretary Mrs Nawa Laxmi Rai, Treasurer Mr. Mohan Bahadur Rai, Member Mr. Tanka Bahadur Limbu and Advisor Mr. Nar Bahadur Gurung.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*