8TH GENERAL CONVENTION

गोर्खा नेपलिज वेलफेयर सोसाइटी, युकेको आठौ महाधिवेशन सम्पन्न।

गत मिति २५ अप्रिल २०२६ शनिवारको दिन यसै गोर्खा नेपलिज वेलफेयर सोसाइटी, युकेको आठौ महाधिवेशन संस्थाका सभापति श्री गन्ज बहादुर आलेज्युको सभापतित्वमा तथा प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री कृष्ण बहादुर राईज्युको प्रमुख आतिथ्यमा नर्थहल्ट स्थित नर्थहल्ट भिलेज कम्युनिटी सेन्टरको सभाहलमा दिउसोको २ बजे देखि बजे देखि बेलुकी ८ बजे सम्म सौहार्दपुर्ण वातावरणमा सु-सम्पन्न भएको थियो ।

आठौ महाधिवेशन कार्यक्रमको शुरुवात संस्थाकी सचिव श्री नव लक्ष्मी कुमारी राईज्युले उपस्थित सबैजनालाई सम्बोधन गर्दै हेल्थ एण्ड सेफ्टिको बारेमा जानकारी दिनु भएको थियो।

यसका साथै संस्थाकी महासचिव श्री बिमला कुमारी राईज्युले कार्यक्रम संचालन गर्नु भयो। कार्यक्रम शुरु हुन् अघि आजको कार्यक्रम दुई चरणमा हुनेछ, पहिलो चरणको कार्यक्रम संस्थाकी महासचिवले सञ्चालन गर्नुहुनेछ भने दोस्रो चरणको कार्यक्रम अध्यक्षता तथा निर्वाचन मण्डलले सञ्चालन गर्नेछन भनि जानकारी दिनु भएको थियो।

अतिथिहरुको आसन ग्रहण पछि सस्थाकी उपाध्यक्ष्य श्री राजेन्द्र लिम्बुज्युले उपस्थित सबैलाई मन्तब्यबाट स्वागत गर्नु भयो। यसका साथै आठौ महाधिवेशनका सभापति श्री गन्ज बहादुर आलेज्यु तथा प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री कृष्ण बहादुर राईज्युले पानसमा बत्ति बाल्नु भइ कार्यक्रम उदघाटन गर्नु भएको थियो।

सभामा उपस्थित सबैजनाले संस्थाका सदस्यहरु तथा आफन्त जनहरु गुमाएकोमा उहाहरुको दिग्वंत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रधान्जली दिदै एक मिनेट मौन धारण गरिएको थियो।

यसका साथै कार्यक्रमको पहिलो सेशनमा संस्थाकी महासचिव श्री बिमला कुमारी राईज्युले वार्षिक साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रगति विवरण संस्थाका कोषाध्यक्ष श्री गणेश आलेज्युले सुनाउनु भएको थियो जसलाई सभामा उपस्थित सबैजनाले पारित गर्नु भएको थियो।

यसका साथै संस्थामा हरेक सुखदुख तथा आपद विपद परेको समयमा साथ तथा सहयोग गर्ने भावनाले सदस्यता लिनु भइ सदस्य हुनुहुनेहरुलाई आठौ महाधिवेशनका सभापति श्री गन्ज बहादुर आलेज्यु तथा प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री कृष्ण बहादुर राईज्युले सम्मान पत्रका साथै खादा ओढाएर सम्मान गर्नुभयो। यसरीनै शैक्षिक क्षेत्रमा उत्रिण हुनुहुने संस्थाका सदस्यहरुका छोराछोरीहरुलाई पनि सम्मान पत्रका साथै खादा ओढाएर सम्मान गर्नु भएको थियो। यसका साथै संस्थाकी सल्लाहकार डाक्टर सुमाया राईज्युले आफ्नै जीवनयात्रामा आधारित ‘जिन्दगी फूल सम्झे फूलै हो’ शिर्षक पुस्तक नेपालमा प्रकाशित गर्नुका साथै बिमोचन पनि गरिसक्नु भएकोले उहालाई पनि कदर पत्रका साथै खादा ओढाएर सम्मान गर्नु भएको थियो।

सम्मान कार्यक्रम सकिने बित्तिकै संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री कृष्ण बहादुर राईज्युले कार्यसमितिलाई सफल कार्यकालको बधाई दिनुका साथै आगामी आठौँ महाधिवेशनबाट हुने वाला नयाँ कार्यसमितिलाई पनि सफलताको शुभकामना मन्तव्य बाट दिनु भएको थियो।

कार्यक्रमको अन्त्यमा संस्थाका सभापतिश्री गन्ज बहादुर आलेज्यूले आफ्नो कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्युहरु तथा सदस्यज्युहरुलाई मायाको चिनो प्रदान गर्नुभयो। त्यसपछि उहाँले आफ्नो तीन वर्षे कार्यकालमा सम्पूर्ण कार्यसमितिको साथ, सहयोग र सहकार्यका कारण कार्यकाल अत्यन्त सफल भएको बताउनुभयो। साथै, समितिलाई कुनै पनि आपत्–विपत् आइपरेका बेला सबैले एकअर्काको हातेमालो गर्दै सहयोग गरेको अनुभवसमेत उहाँले साझा गर्नुभयो। उहाँले सातौ महाधिवेशन बाट बनेको आफ्नो कार्यकालको कार्य समिति औपचारिक रूपमा आजदेखि विघटन भएको घोषणा गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै आठौ महाधिवेशनका अध्यक्षता तथा निर्वाचन मण्डलका अध्यक्ष डाक्टर सुमाया राईज्यु एवं उहाको समितिलाई हस्तान्तरण गर्नुभइ कार्यक्रम समापन गर्नुभयो।

यसका साथै पहिलो चरणको कार्यक्रम समापन भए पछि लगभग तीस मिनेटको ब्रेक भएकोमा सबैजना मिठो खानाको आनन्द लिदै एकअर्कामा भलाकुसारी गरको देखिन्थ्यो। लगभग आधा घण्टाको लन्च ब्रेकपछि अध्यक्ष तथा निर्वाचन मण्डलका अध्यक्षज्यूले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्नुभयो। उहाँले आठौँ महाधिवेशनमा लागू हुने नियमहरूबारे सम्पूर्ण जानकारी दिनुभयो। त्यसपछि उहाँले आफ्नो समितिको परिचय गराउनुभयो। परिचयका क्रममा सचिवमा निवर्तमान सल्लाहकार श्री शशीकला थापा सुब्बाज्यु तथा सदस्यमा पूर्व अध्यक्ष श्री नरबहादुर गुरुङज्युको पद परिचय गराउनु भएको थियो।

त्यससँगै आठौँ महाधिवेशन औपचारिक रूपमा सुरु भयो। उहाँले आजको आठौँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिमा विभिन्न पदमा जान इच्छुक व्यक्तिहरूलाई उम्मेदवारी फारम लिएर भर्न आग्रह गर्नुभएको थियो भने उहाँले विभिन्न पदहरूको उम्मेदवारी शुल्कको बारेमा पनि जानकारी दिनुभएको थियो।

आठौँ महाधिवेशनको सभाहलमा उपस्थित सबै सदस्यहरू शान्त वातावरणमा एकआपसमा खुसुरफुसुर गर्दै सरसल्लाह गरिरहेका देखिन्थे। लगभग बीस–पच्चीस मिनेटपछि सभामा उपस्थित सम्पूर्ण सदस्यहरूले एउटै निर्णयमा सहमति जनाए, जसअनुसार पुनः श्री गञ्जबहादुर आलेज्यूलाई नै अध्यक्ष पदमा चयन गर्नुपर्ने निष्कर्ष निकालियो।सोही निर्णयअनुसार उक्त महाधिवेशनबाट श्री गन्ज बहादुर आलेज्यू अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो। उहाँको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमिति गठन गरिएको थियो । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू यस प्रकार रहेका छन्:

  • अध्यक्ष श्री गन्ज बहादुर आले
  • उपाध्यक्ष — श्री विष्णु कुमारी गुरुङ
  • उपाध्यक्ष — श्री राजेन्द्र लिम्बू
  • उपाध्यक्ष — श्री बसुनधरा याक्खा राई
  • महासचिव — श्री बिमला कुमारी राई
  • सचिव — श्री नवलक्ष्मी कुमारी राई
  • कोषाध्यक्ष — श्री गणेश आले
  • सह-कोषाध्यक्ष — श्री मनिकला राई गुरुङ

सदस्यहरूमा निम्न व्यक्तिहरू रहेका छन्:

  • श्री नत्थु सिंह थापा
  • श्री सुरेस राई
  • श्री सोमकुमारी थापा
  • श्री निर भगवती राई
  • श्री कुम बहादुर घले
  • श्री अमृता थापा
  • श्री मौला बहादुर राई

आठौँ महाधिवेशन बाट निर्वाचित नयाँ कार्यसमितिलाई अध्यक्ष तथा निर्वाचन मण्डलका अध्यक्षज्यूले शपथग्रहण गराउनुका साथै खादा ओढाएर बधाईका साथ् सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभयो।यसका साथै सभाहलमा उपस्थित सबैजनाले पालैपालो खादा ओढाउदै बधाई तथा शुभकामना दिनु भएको थियो।

यसका साथै कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष श्री गञ्जबहादुर आलेज्यूले सम्पूर्ण उपस्थित सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिले पुनः सबै सदस्यहरूको साथ, सहयोग र विश्वासका साथ संस्थालाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भइ आठौँ महाधिवेशनको कार्यक्रम समापन भएको जानकारी दिनु भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*