गोरखा नेपलीज वेलफेयर सोसाइटि युकेको बाह्रौ बार्षिक साधारण सु-सम्पन्न

यस गोरखा नेपलीज वेलफेयर सोसाइटि युकेको बाह्रौ बार्षिक साधारण सभा २०२४ मार्च ०२ तारिक सनिबारको दिन Northolt Village Community Association नोर्थहल्टमा दिनको ठिक १३:०० बजे देखि बेलुकी ८ बजे सम्म सौहार्द बाताबरणमा सु-सम्पन्न भएको थियो ।
संस्थाका बरिष्ठ उपाध्यक्ष्य श्री बिष्णु कुमारी गुरुङ ज्युले स्वागत मन्तब्यबाट शुरुआत भएको कार्यक्रम महासचिव श्रीमति बिम्ला कुमारी राइ ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका अध्यक्ष्य श्री गन्ज बहादुर आले ज्युको सभापती र जेष्ठ नागरिक समितिक अध्यक्ष्य तथा सल्लाहकार क्याप्टेन रि रुकुम बहादुर राना मगर ज्युको प्रमुख अतिथ्यमा सभा संचालन भएको थियो।
सभाका सभापती श्री गन्ज बहादुर आले ज्यु र प्रमुख अतिथ्य जेष्ठ नागरिक समितिका अध्यक्ष्य तथा सल्लाहकार क्याप्टेन रि रुकुम बहादुर राना मगर ज्युको बहुलिबाट पानसमा बत्ति प्रजलन गरि बाह्रौ बार्षिक साधारण सभा उत्घाटन भएको थियो। सभामा संस्थाका सदस्यहरु तथा आफन्त जनहरु गुमाएकोमा उहाहरुको दिवंगागत आत्माको चिरशान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो ।
सभाको पहिलो सेसनमा बार्षिक प्रगति बिबरण महासचिब श्रीमति बिम्ला कुमारी राइ ज्युले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रगति बिबरण कोषाध्यक्ष श्री गणेश आले ज्युले प्रस्तुत गर्नु भएको थियो । बार्षिक प्रगति बिबरण र आर्थिक प्रगति बिबरण पश्यात सभाका सभापति तथा प्रमुख अतिथि ज्युहरुले,संस्थामा सदस्यता लिई सदस्य बन्नु हुने नया सदस्यहरु ज्युहरुलाई खादा ओढाएर स्वागत सम्मान गरिएको थियो साथै २०२३ -२०२४ सम्ममा शैक्षिक सत्रमा ब्याचलर तथा मास्टर डिग्रिमा उतिर्ण हुने छोराछोरीहरुलाई प्रमाण पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो।उक्त सभामा निम्न बिषयहरु जानाकारी गराउनका साथै निर्णय गरि अनुमोदन गरेका थिए।
१ यस संस्थाले बिशेष गरि जेष्ठ नागरिक सदस्यहरुलाइ हप्तामा एक दिन भए पनि प्रौढ शिक्षा र IT सेशानको लागि National Lottery Community Fund मा आबेदन गरे अनुसार तेस्रो पटक National Lottery Community Fund बाट केहि रकम प्राप्त गरिएको सभापति ज्युले जानाकारी गराउनु भएको थियो। उक्त प्रौढ शिक्षा र IT सेशन, संस्थाले आयोजना गर्न गइरहेको नया बर्ष २०८१ सालको पावन अवसरमा उत्घाटन गरि प्रौढ शिक्षा हरेक बुधबारको दिन बिहान ११ बजे देखि २ बजेसम्म र IT सेशन महिनाको एक दिन करिनबन ५ घण्टासम्म हुने गरि निर्णय गरेर अनुमोदन गरेका थिए।
२ यस संस्थाले संस्थाका जेष्ठ नागरिक सदस्यहरुलाई मध्य नजर गरेर बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको त सबै जनालाई सर्बबिधित्तई छ तर पनि यसै क्षेत्रमा EBGA Ealing संस्था रहेको छ, उक्त संस्थामा प्रायजसो संस्थाकै सदस्यहरु भएकोले यस संस्थाको मातहतमा रहेर कार्य एकता गर्दै जाने बाह्रौ बार्षिक साधारणले बृहत छलफल गरि निर्णय गरेर अनुमोदन गरेका थिए।
शुभ कामना मन्तव्यको क्रममा संस्थाका समितिका सदस्यहरुले ऊल्लेखेनिय कामहरु गरेकोमा सल्लाहकार तथा ट्रष्टी सदस्य लेप्टेनेण्ट थाम प्रसाद गुरुङ ज्युले धन्यबाद दिनु भएको थियो साथै National Lottery Community Fund बारेमा छोटकरिमा जनाकारी दिनु भएको थियो भने त्यसै गरि अर्का सल्लाहकार तथा पूर्व अध्यक्ष साथै गोर्खा सत्याग्रह संघर्ष समितका प्रमुख संम्योजक श्री कृष्ण बहादुर राइ ज्युले यस क्षेत्रमा रहेका बिशेष गरि जेष्ठ गोर्खा भुतपुर्ब सैनिक सदस्यज्युहरुले हरबखत गोर्खा सत्याग्रह संघर्ष समितले गरेका कार्यक्रमहरुमा साथ सहयोग गर्नु भएकोमा हृदयदेखि नै धन्यबात टक्र्याउनु भएको थियो। त्यसै गरि प्रमुख अतिथि क्याप्टेन रि रुकुम बहादुर राना ज्युले पनि जेष्ठ नागरिकहरुलाई हरसमयमा सरसहयोग गरिरहेकोमा धेरै धेरै धन्यबाद दिदै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नु भएको थियो।
सभापति आले ज्युले संस्थाको सातौ महाधिवेशनदेखि आजसम्मको संस्थाले गरेको काम,काज र कार्यक्रमहरुमा साथ सहयोग मद्दत दिनु हुने सम्पुर्ण सदस्यहरु तथा परिवारहरुलाई स-धन्यबाद दिनु हुदै २०२४-२०२५ सम्म हुने प्रौढ शिक्षा हरेक बुधबारको दिन र IT सेशन महिनाको एक दिन हुने समयमा साथ सहयोगको अपेक्षा राख्दै बाह्रौ बार्षिक साधारणको अन्त गर्नु भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*