The Charity Walk and BBQ program was inaugurated by pop singer Dhiraj Rai.

-Bimala Kumari Rai

On 10th June 2023, from 9:30 am on Saturday morning, Executive Members of the working committee including the president of the organization were also present for the charity walk and BBQ program 2023. The event organized by Gorkha Nepalese Welfare Society UK in the courtyard of Northolt Village Community Centre, Northolt, London. Similarly, after a while, the number of other members’ presence also started to increase. Everyone was engaged in gossiping with each other in such a way that a kind of happiness and curiosity was visible on everyone’s face, as if everyone was waiting for today’s gathering. Everyone present including the senior citizen members, advisors, members of the organization started preparing for the program, some started decorating the tents, some went towards catering. Thus, all the members seemed to be engrossed in the preparation of the program. At the end, it was seen that all necessary preparations for the program were completed. After that, the working committee members took charge of their duties according to the division of work. Around 11 am in the morning, the atmosphere of the event seemed to be humming with the presence of almost all the members. Likewise, some members, including senior citizens, were eager for the charity walk run. Mrs. Bimla Kumari Rai, the General Secretary of the organization and former president and adviser Mr. Nar Bahadur Gurung , who were assigned to the said work, kept everyone in line and let everyone wear the yellow Hivi of health and safety. Just at that time, Mr. Dhiraj Rai, a famous pop singer of Nepal and campaigner of ‘Lord Buddha was born in Nepal’, arrives and everyone welcomes him to the program. After a moment of greetings, Mr. Ganja Bahadur Ale, the president of the organization, honoured him by offering food and a letter of appreciation.
-बिमला कुमारी राई

मिति १० जुन २०२३ शनिवारको दिन विहानको ९:३० बजे देखि नै लन्डन स्थित नर्थहल्ट भिलेज कम्युनिटी सेन्टर , नर्थहल्टको प्रार्गणमा गोरखा नेप्लिज वेल्फेयर सोसाइटी युकेले आयोजना गरेको च्यारिटी वक तथा बिबिक्यु कार्यक्रमको लागि संस्थाका अध्यक्षज्यु लगायत कार्य समितिका पधाधिकारीज्युहरु तथा सदस्यज्युहरुको पनि उपस्थिति रहेको थियो । यसैगरी एकछिन पछि विस्तारै अरु सदस्यहरुको उपस्थितिको संख्या पनि बढ्दै गएको देखिन थाल्यो।सबैजना एक अर्का संग यसरी गफ गर्नमा मग्न थिए कि सबैको अनुहारमा एक किसिमको खुशी तथा कौतुहलता देखिन्थ्यो मानौ सबैले आजको दिनको जमघटको लागि पर्खाइमा बसेको होस। संस्थाका ज्येष्ठ नागरिक सदस्यज्युहरु, सल्लाहकारज्युहरु, सदस्यज्युहरु लगायत उपस्थित सबैजना कार्यक्रमको तयारीमा जुट्न थाले, कोही तम्बुहरु सजाउन थाले, कोहि खानपिन व्यस्थापन तिर लागे।यसरी नै सबैजना सदस्यहरु मिलेर कार्यक्रमको तयारीमा मग्न देखिन्थ्यो। अन्त्यमा हेर्दाहेर्दै कार्यक्रमको लागि आवश्यक सबै तयारी पुरा भएको देखियो। त्यस पछि कार्य समितिकाहरुले कार्य विभाजन अनुसारको आ-आफ्नो कार्यभारको जिम्मा लिए। विहानको लगभग ११ बजे तिर प्रायजसो सबै सदस्यहरुको उपस्थितिले कार्यक्रमको माहौल नै गुन्जाम्य भएको देखिन्थ्यो। यसैगरी च्यारिटी वाक रनको लागि ज्येष्ठ नागरिक लगायत केहि सदस्यज्युहरु पनि आतुर देखिन थाले। उक्त कार्यको खटिनु भएको संस्थाका महासचिव श्रीमती बिमला कुमारी राईज्यु एवं पुर्व अध्यक्ष तथा सल्लाहकार श्री नर बहादुर गुरुङ्गज्युले सबैजनालाई लाइनमा राख्नु भइ स्वास्थ्य एवं सुरक्षाको पहेलो ज्याकेट सबै जनालाई लगाउन दिनु भयो। ठिक त्यही समयमा नै नेपालका प्रचलित पप गायक तथा ‘भगवान बुध नेपालमा नै जन्मेका हुन् ‘ का अभियन्ता श्री धिरज राईज्युको आगमन हुन्छ र सबैजनाले उहालाई कार्यक्रममा स्वागत गर्छन। एकैछिनको भलाकुसारी पछि संस्थाका अध्यक्ष श्री गन्ज बहादुर आलेज्युले खादा ओढाइ कदर पत्र दिनु भएर सम्मान गर्नु हुन्छ।यसरी नै दिउसोको लगभग ११ :३० बजे तिर च्यारिटी वकमा जानुहुने सबैजना एक ठाउमा लाइन लागेर हिडन तयारी अवस्थामा देखियो। संस्थाका अध्यक्ष श्री गन्ज बहादुर आलेज्युले च्यारिटी वकमा जानेहरुलाई स्वास्थ्य एवम सुरक्षाको बारेमा केही महत्वपुर्ण जानकारीहरु दिनुभयो जसलाई सबैले मनन गर्दै संस्थाले व्यवस्था गरको सेफ्टी ज्याकेट लगाएर पिउने पानी लिएर पूर्ण तयारीका साथमा च्यारिटी वकको लागि तयार भए। त्यसपछि कार्यक्रमका विशेष अतिथि नेपालका प्रचलित पप गायक तथा ‘भगवान बुध नेपालमा नै जन्मेका हुन् ‘ का अभियन्ता श्री धिरज राईज्युले च्यारिटी वकको उदघाटन गर्नुभयो र हाम्रो वक शुरु भयो वकमा जाने सम्पुर्ण सदस्यज्युहरु स्वास्थ्य एवम सुरक्षाको पालना गर्दै एकार्का संग भलाकुसारी गर्दै अगाडि बढ्न थाले। मौसम पनि एकदमै राम्रो थियो न धेरै गर्मी , न पानी नै परेको थियो यस्तो महशुस हुन्थ्यो कि आजको दिनको लागि प्रकृतिले नै साथ् दिइरहेको छ। सबैजना रमाइलो गफ गर्दै हिडदै ग्रुप फोटो पनि खिच्दै बिस्तारै अघि बढिरहेका थिए। हामी सबैजना रमाइलो मान्दै गफ गर्दै हिडन यति मग्न भएका थियौ कि लगभग ४५ मिनेटस वक गरेको पनि थाहै नपाइ कार्यक्रम हुने स्थानमा पो आइ पुगे छौ। वक गरेर आउनु हुने जेष्ठ नागरिक सदस्यज्युहरु लगायत सहभागी सबैजनालाई पानी तथा जुसहरुको व्यवास्था गरिएको थियो।च्यारिटि वक देखि कार्यक्रम हुने स्थानमा आइ पुग्दा कार्यक्रमको माहौल नै रमाइलो भइसकेको देखिन्थ्यो, सबैजना आ आफ्नो कार्यमा व्यस्त थिए। हामी पनि पानी र जुस लिएर एकछिन थकाइको आनन्द लिएर आफ्नो कार्यमा व्यस्त भयौ। कार्य समितिका सबैजना आफ्नो जिम्मेवारी सम्भाली रहेको देखिन्थ्यो।
कार्यक्रमलाई अझ रमाइलो र मनमोहक बनाउनको लागि राफल ड्राको आयोजना पनि गरिएको थियो र विजेताहरुको लागि पुरस्कारको लागि संस्थाका कार्य समितिका सदस्यज्युहरुले सौजन्य गर्नु भएको सामानहरु थियो साथै राफल ड्राको कार्यक्रम एकदमै मनोरन्जनात्मक भएको थियो। च्यारिटि वक तथा बिबिक्यु कार्यक्रमको लागि चाहिने सामानहरुको व्यस्थापन जस्तै खरीद देखि कार्यक्रम हुने स्थानको लागि सर सजावट, कार्यक्रमा उपस्थित सदस्यज्युहरुमा खानपिनको व्यस्थापन तथा हेर विचारका साथै कार्यक्रममा उपस्थित सबैजनाको रेखदेख गर्नुहुने तथा कार्यक्रम विसर्जन पछि पनि सामानहरु यथा स्थानमा थनक्याउन्न सघाउनु हुने कार्य समितिका अधयक्ष लगायत सम्पुर्ण पदाधिकारीज्युहरु , सदस्यज्युहरु एकजुट भएर आ आफ्नो कार्यमा लगनशिल देखिन्थ्यो।

 

अन्त्यमा, गोर्खा नेप्लिज वेल्फेयर सोसाइटी, युकेले सधा झैँ यस वर्ष पनि मनाइएको २०८० सालको च्यारिटी वक तथा समर बिबिक्यु कार्यक्रम एकदमै राम्रो सौहार्दपूर्ण भव्य अनि सभ्य वातावरणमा सम्पन्न भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*